कास्कीमा १ सय ३३ जनाले बुझाए ‘हातहतियार’

पाेखरा | कात्तिक २७, २०७९

कास्कीमा १ सय ३३ जनाले बुझाए ‘हातहतियार’

पोखरा:   सर्वसाधारणले लाइसेन्स प्राप्त १ सय ३३ हातहतियार जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएका छन् । 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार सर्वसाधारणहरुले कास्की प्रहरीलाई बुझाएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरि सर्वसाधारणहरुले घरमा राखेका भरुवा बन्दुक लगायतका हातहतियार बुझाएको बताए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने लक्ष्य सरकारको छ’ उनले भने, ‘त्यसैले प्रशासनको सूचना अनुसार जिल्लामा इजाजत प्राप्त हातहतियार सर्वसाधारणले बुझाएका छन् ।’ 

 

गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा प्रशासनमा १ सय ३५ हातहतियार सर्वसाधारणले बुझाएका थिए भने अहिले इजाजत प्राप्त गरेका २ जना व्यक्ति नेपाल भन्दा बाहिर भएकाले त्यस हतियार प्रशासनमा ल्याउन सम्पर्क गरिरहेको प्रहरी उपरिक्षक तिवारले बताए । 

 

‘निर्वाचनलाई लक्षित गरेर प्रशासनले सूचना प्रकाशित गरेपछि स्थानीय निर्वाचनमा बुझाएका हतियार धनीलाई निरन्तर सम्पर्क ग¥यौं र अहिले १ सय ३३ वटा हयिार प्रशासनमा बुझाएका छन्’, उनले भने,‘ स्थानीय निर्वाचनमा बुझाएका हतियारधनी देश बाहिर भएकाले प्रशासनमा ल्याउन पहल गरेका छौं ।’

 

जिल्ला प्रशासन कार्यालय कास्कीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई स्वच्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न असोज १४ गते इजाजत प्राप्त गरेका हातहयिार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरेको थियो । 

 

प्रशासनले निर्वाचन सम्पन्न भएको एक हप्तापछि इजाजत प्राप्त हातहतियार फिर्ता लैजान सक्ने कानूनी प्रावधान रहेको छ । 

 

जिल्ला प्रशासन कार्यालय कास्कीका नायव सुब्बा शिव खत्रीका अनुसारका कास्कीबाट इजाजत बैधानिक रुपमा घरमा हातहतियार राख्न १ हजार १ सय ३७ जनाले इजाजत लिएका छन् । 

 

इजाजत प्राप्त गरेका १ हजार व्यक्तिले किन हतियार बुझाएनन् भन्ने प्रश्नमा नायव सुब्बा खत्रीले भने, ‘सम्बन्धित जिल्ला नभनी जहाँ प्रहरी प्रशासन छ, जहाँ प्रशासन नजिक छ उनीहरुले त्यहाँ नै हतियार बुझाउन सक्ने भएकाले इजाजत बराबरको हतियार बुझाएको तथ्याङ्कसँग नमिलेको हो ।’

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्